कैलाली। कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बगेकी एक बालिका बेपत्ता भएकी छिन। शनिबार नुहाउने क्रममा बगेर लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ८ वर्षीया शिवानी चौधरी बेपत्ता भएकी हुन।
उनीसंगै नहरमा बगेकी लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरकी ९ वर्षीया आकृति चौधरीको भने उद्धार गरिएको छ । बेपत्ता बालिकाको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।