धनगढी : सुदूर पश्चिम प्रदेश सरकार भागबन्डामा लागेको नेकपा एमालेले आरोप लगाएको छ । एमाले प्रदेशसभा सदस्य धर्म पाठकले सरकार भागबन्डामा केन्द्रित भएको सांसद बैठक राख्न गम्भीर नभएको आरोप लाएका छन् । उनले आजको बैठक बहिस्कार गर्ने बताए ।
‘हामी अढाई घण्टा बस्दा पनि बैठक राखिएन सरकार भागबन्डामा लाग्यो’, उनले भने ‘हामी आज को बैठकमा जाँदैनौ ।’ आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाएको थियो । पहिलो पटक ५ बजे सम्मको लागि र दोस्रो पटक ७ बजेको लागि बोलाइएको थियो । अहिले सम्म बैठक बसेको छैन ।