धनगढी। सुदूरपश्चिममा २०८०/०८१ को बजेट पास नहुने भएपछि प्रतिनिर्वाचन क्षेत्रमा ५ करोड दिएर मनाउने प्रयास गरिएको छ । सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ३ करोड बाट बढाएर ५ करोड रुपैयाँ बनाउने सहमति गरेका छन्।
शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेशसभा सदस्यको योजनामा निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड बजेट राख्ने सहमति गरेको हो ।स्रोतका अनुसार शनिबार नै यस विषयमा लिखित सहमति गर्ने तयारी छ। गठबन्धनका एक नेताका अनुसार बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वाधार क्षेत्रको बजेट बढाउने प्रस्ताव गरेका थिए ।
जसमा अरु दलका नेताहरुले सहमति जनाएका हुन्। सुदूरपश्चिममा सत्तारुढ गठबन्धनकै दलहरुले यथास्थितिमा बजेटको समर्थन गर्न नसकिने बताएका थिए । त्यस विषयमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बसेको थियो। बैठकले प्रदेशसभा सदस्यहरुले सिफारिस गरेका योजनाहरु पनि बजेटमा समावेश गर्ने सहमति गरेको छ। सत्ता गठबन्धनको बैठकपछि नेताहरु आआफ्नो संसदीय दलमा छलफल गर्न बाहिरिए(प्रत्यक्ष)लाई ३ करोडको दरले ९६ करोड विनियोजन गरेको छ । यहाँ ३२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको छ ।