धनगढी : नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन ट्याक्सि ईकाई कमिटी धनगढी कैलाली को प्रथम अधिवेशन सम्पन्न भएको छ । इकाई कमिटिका अध्यक्ष भानदेव पनेरुको अध्यक्षतामा भएको अधिवेशनबाट भानदेव पनेरु अध्यक्षमा दोहोरिएका छन् । इकाई कमिटिको उपाध्यक्षमा शैलेन्द्र कठरिया, सचिवमा गणेस खत्री, सह सचिवमा टेकेन्द्र साउँद, कोषाध्यक्षमा कृष्ण खड्का सबैसम्मत चयन भएका छन् ।
यस्तै कमिटिको सदस्यहरुमा हिमाल खड्का, जय बहादूर जिसि, किसन ऐरी, मिन बहादूर बुचा मगर, गणेस बहादूर सिहं, श्रीकृष्ण राना, राजेन्द्र बहादूर खत्री, चक्र चौधरी लगायत १३ सदस्यीय इकाई कमिटि गठन गरिएको अध्यक्ष मण्डलका सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदूरपश्चिमका अध्यक्ष ललित बहादूर चन्दले बताए । हाललाई १३ सदस्यीय कमिटि गठन गरेको बताउँदै उनले अन्य सदस्य पछि थप्ने जानकारी दिए । यस्तै बरिष्ठ सल्लाहकार सदस्यमा प्रदिप खनाल सल्लाहकार सदस्यमा बम बहादूर महरा, शैलेन्द्र महतो र बिक्रम साउँद चयन भएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन ट्याक्सि ईकाई कमिटी धनगढी कैलालीको प्रथम अधिवेशनलाई जिफन्टका केन्द्रिय सहकारी बिभाग प्रमुख तथा नवजिवन सहकारी संस्थाका अध्यक्ष देव बहादूर बमले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै बमले जुनसुकै यातायात मजदूरहरुले इमान्दार चालक बन्नुपर्नेमा जोड दिएका थिए । ट्याक्सी चालकहरुका समस्या सम्बोधनका लागी आफ्नो कमिटि संगै सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता गरेका बमले चालकहरुको क्षमता अभिबृद्धीमा समेत सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा जिफन्ट सुदूरपश्चिम अध्यक्ष जित बहादूर मल्ल, नेपाल यातायात ब्यवसायी महासंघ सुदूरपश्चिम ईन्चार्ज टेकराज जोशी, धनगढी बिमानस्थल प्रमुख रामकिसन भट्ट, सु.प यातायात प्रा.लीका अध्यक्ष पदम सापकोटा, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम अध्यक्ष ललित चन्द लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष भानदेव पनेरुले ट्याक्सी चालकहरुले भारतिय नम्बरप्लेटका गाडीका कारण समस्या भोगिरहेको बताएका थिए । भारतिय नम्बरप्लेटका गाडीहरुले सहजै नेपालमा यात्रु बोक्नेगरेपछि नेपाली मजदूर मारमा परेको भन्दै नियमनका लागी उनले आग्रह गरेका थिए । साथै अस्पतालमा पार्किङ लगायतका समस्या उस्तै रहेका कारण सम्बन्धीत निकायले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
अधिवेशनकै अवशरमा नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदूरपश्चिम प्रदेश कमिटिले मजदूरका क्षेत्रमा लामो समय काम गरेका हाल जिफन्ट केन्द्रिय सहकारी बिभाग प्रमुख रहेका देव बहादूर बमलाई सम्मान गरिएको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदूरपश्चिम अध्यक्ष ललित चन्दले बमलाई सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरेका हुन् ।