कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–१० सडकघाटबाट दोधारा चाँदनीनगरपालिका वडा नम्वर–५ का २१ वर्षीय मनिष भण्डारीसहित तीनजनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई ३३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिईएको संयुक्त प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा लागुऔषधसहित एकथान मोटरसाईकलसमेत पक्राउ गरी उनीहरुलाई नियन्त्रणमा लिएको छ। उनीहरमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।