धनगढी। कैलालीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का सरजन कामीलाई मालाखेती प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई कैलाली जिल्ला अदालतले एक हजार जरीवाना तोकेको थियो। अदालतले २०७६ असार १३ गते ३५ वर्षिय कामीलाई जिल्ला अदालतले एक हजार जरिवाना तोको हो। उनलाई शुक्रवार बिहान मालाखेती प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनलाई जिल्ला अदालतमा पेश गरेको छ। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


