दार्चुला। दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएको छ। दार्चुलाको महाकाली नगरपालिका-९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिदा आवतजावत बन्द भएको छ।
पुलको भारततर्फको लठ्ठा चुँडिदा दुर्घटनाको जोखिम रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। पुलमा आवतजावत बन्द भएपछि दुवै देशका नागरिकलाई समस्या भएको छ। पुलको लट्ठा चुँडिएपछि प्राविधिहरुबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसंग पहल भइरहेको प्रशासनले जनाएको छ।