दार्चुला। दार्चुलामा पसलमाथि ढुंगा खस्दा एक जना घाइते भएका छन्। दार्चुलाको महाकाली नगरपालिका ४ रिङ्नेतालनजिक माथिबाट खसेको ढुंगा लागेर अमर महरा घाइते भएका हुन्।
दार्चुला दुहुँ गाउँपालिका ५ स्थायी घर भई हाल उद्योग वाणिज्य संघ दार्चुलामा कार्यरत महरा चिया पसलमा बसिरहेको बेला माथिबाट ढुंगा खस्दा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।बिहीबार राति मानसिंह बडालको चिया पसलमा बसिरहेका बेला माथिबाट खसेको ढुंगाले लागेर महरा घाइते भएका हुन्। जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई धनगढी रिफर गरिएको दार्चुला प्रहरीका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिहले जानकारी दिए।