अत्तरिया। कैलालीको गोदावरी नगरपालिकाले नयाँ भवनमा सर्ने भएको छ । निर्माण भैरहेको भवनमा पुजापाठ गरेको छ । बिहिबार नगरप्रमुख विरेन्द्र भट्टले कार्यस्थलमा पुजापाठ गरेका हुन । निर्माण कार्यसकीएसंगै नयाँ आर्थिक बर्ष देखि नयाँ भवनमा सर्ने तयारी रहेको नगर प्रमुख विरेन्द्र भट्टले बताए ।
उनले भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसपश्चात लामो समयसम्म भवन प्रवेश गर्ने साईत नभएकाले पण्डितलाई बोलाएर पुजापाठ गरिएको बताए । उनले आर्थिक वर्षको पहिलो महिनामा खासै कामहरु पनि नहुँने भएकाले शाखाहरु नयाँ भवनमा सारिने बताए । नगरप्रमुख भट्टले कागजातमा हस्ताक्षर गर्दै नयाँ भवनबाट कार्यको थालनी समेत गरेका थिए ।