डडेल्धुरा। डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका ४, कुलेडीका गोविन्द बोहराकी आमा ५८ वर्षीया दुर्गादेवी बोहराको खोलाले बगाउँदा ज्यान गएको गएको स्थानीयले बताएका छन्।
बिहीबार दिउँसो गोठालोबाट फर्किने क्रममा खोला तर्दा उनलाई बगाएपछि बेपत्ता भएकी थिइन्। खोलाले बगाउदा बेपत्ता भएपछि स्थाानीयले प्रहरीलाई खबर गरेका थिए।निरन्तर बर्षाका कारण आएको खहरेखोलाले बगाएर आज बिहिबार दिउँसो उनको ज्यान गएको हो। उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको थियो। निरन्तरको वर्षाका कारण खोलामा पानीको सतह बढेको छ।