कैलाली। सुदूरपश्चिम प्रदेश सभाका सांसद प्रकाश बहादुर बमले प्रदेश सरकारले बनाउने भनिएको चिडियाखानालाई व्यङ्ग गर्दै त्यसमा आफूलाई राख्न बताएका छन् ।
बजेटमाथि सदनमा जारी छलफलमा उनले आफू निर्वाचित भएर पनि योजना दिन नसकेको बताए ।
प्रदेश सभाका सांसद बमले भने, ‘चिडियाखाना आवश्यक छ। चिडियाखानामा अनौठो जनावर राखिन्छ । दूरदराजबाट मानिस हेर्न आउँछन्, मजस्तो सांसदलाई पनि चिडियाखानाभित्र राख्नुपर्छ,’ बमले भने, ‘जो सांसदमा निर्वाचित भएर पनि एउटा योजना हाल्न सक्दैन। वडा, नगरपालिका र गाउँपालिकामा प्रवेश निषेध गरिएको छ । त्यस्तो सांसद कुन देशमा होला रु त्यसैले मलाई चिडियाखानाभित्र राख्नुस् ।’
आफ्ना क्षेत्रका १७ योजना परेको बताउँदै उनले ती योजनाहरू सांसदहरूको अनुरोधमा नपरेको बताए । बैठकमा आफू सत्ता गठबन्धनको सांसद हुँदा पनि बजेटमाथिको छलफलमा विरोध गर्न बाध्य भएको बमको भनाई छ । ‘सरकारबाट प्रस्तुत भएका जस्तासुकै प्रस्ताव आएमा आँखा चिम्लेर हुन्छ भनेर टेबुल ठटाउनु पर्ने कर्तव्य र धर्म छ तर, म आफ्नै मतदानाहरुको तर्फबाट बजेटमा देखिएका समस्याहरू बताउँछु’ उनले भने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य विभिन्न मन्त्रालयहरूमा अनावश्यक बजेट विनियोजन गरेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरेका थिए ।