धनगढी। विश्वप्रसिद्ध र प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’ नेपाली बजारमा ल्याएको छ। नेपालको ओटेक ट्रेन्डिङ्ग प्रालिले सो लुब्रिकेन्ट ब्राण्ड नेपालमा ल्याएको हो । सुदूरपश्चिम प्रदेशका लागी धनगढीको जिएआरएस ट्रेडिङ कन्सर्नले सो ब्राण्ड बजारमा ल्याएको हो।
सुदूरपश्चिम प्रदेशका लागी जिएआरएस ट्रेडिङ कन्सर्न आधिकारिक विक्रेता समेत रहेको छ। १२५ बर्ष पुरानो डकहम्स लुब्रिकेन्ट नेपालको बढ्दो बजार र विश्वस्तरीय लुब्रिकेन्ट ब्रान्डको ग्राहकको मागलाई प्राथमिकता समावेश गरेर पुनः नेपाली बजारमा ल्याएको ओटेक ट्रेन्डिङ्ग प्रालिका प्रबन्धक विन्यास न्यौपानेले बताए ।
नेपाली बजारमा अटोमोबाइलको आयु बढाउने लुब्रिकेन्टको रूपमा डकहम्स लुब्रिकेन्टलाई विश्वास गरेको छ। भने यस लुब्रिकेन्टलाई “अटोमोबाइल्सका लागि जडिबुटीू भनेर मेकानिक्सहरुले सम्बोधन गर्ने गरेको कम्पनीले जनाएको छ। दुई पाङ्ग्रे रचार पाङ्ग्रे सवारीका साथै दुवै पेट्रोल तथा डिजेल इन्जिनहरुमा डकहम्स उपयुक्त रहेको कम्पनीको दावी रहेको छ। बजारमा अरु लुब्रिकेन्ट भन्दा केही महङ्गो देखिएपनि गाडी इन्जिनलाई गुणस्तर र सुरक्षीत राख्ने कम्पनीले जनाएको छ।