हैदराबाद। नेपाली प्रवासी परिवार हैदराबाद तेलंगाना राज्य समिति भारतको अध्यक्षमा राज सिंह चयन भएका छन् । बिहीबार हैदराबाद तेलंगाना राज्य समिति भारतको राज सिंहको अध्यक्षमा २० जना कार्यसमिति गठन गरिएको छ।
नेपाली प्रवासी परिवार हैदराबाद तेलंगाना राज्य समिति भारतको आयोजनामा भएको कार्यसमिति गठन कार्यक्रममा नेपाल परिवार दल सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीको प्रमुख अतिथिमा र गुजरात राज्य समितिका अध्यक्ष किसन नेपाली ज्युको उपस्थितिमा भएको हो।
नेपाली प्रवासी परिवार हैदराबाद तेलंगाना राज्य समिति भारतको उपाध्यक्षमा शंकर थापा सचिवमा रिना बिक, कोषाध्यक्षमा बिजय सिह चयन भएका छन् । यस्तै सदस्यहरुमा शंकर कोलि, महेश टमटा,मोहन सिह, पुनम पार्कि, जुना देबि लुहार, बाटु देबि कोलि, लाल बिक, सानू बिक, नरु देबि, आरती बिक, डल्ली बिक, सन्तोष बिक, पुस्कर बिक, रवि बिक, राजेन्द्र बिक, गोमा आउजी चयन भएका छन्।