अछाम। अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्। अछामको साँफेबगर नगरपालिका–२ बुढीगंगा नदीको किनारमा मंगलबार एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका अन्दाजी ३० वर्षीय पुरुषको नाम, थर, ठेगाना खुलेको छैन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।