कैलाली। कैलालीको लम्कीबाट चार होटेल संचालकसहित सात महिला पक्राउ परेका छन्। पछिल्लो तिन दिनसम्म कैलालीको लम्कीबाट यौन व्यवसायमा संलग्न चार होटेल संचालकसहित सात महिला पक्राउ परेको प्रहरीले बताएको छ।
यस्तै आज कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटेल सञ्चालक सहित पाँच महिला पक्राउ परेका छन्। यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै चिसापानीको न्यु वर्षा होटेल सञ्चालक टोप बहादुर खड्का, अछाम होटेलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटेलका सञ्चालक भीम शाहीलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ। ति होटलमा आज बिहान प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले उनीहरुको होटेलमा यौन व्यवसायमा रहेको भन्दै पाँच महिलालाई समेत नियन्त्रणमा लिइएको जानकारी लिए। होटलबाट पुरुष गहकलाई भने पक्राउ गरेको छैन। यसअघि सोमबार कैलालीको लम्की बसपार्कमा यौन धन्दा चलाएको अभियोगमा संज्याल होटलका सञ्चालक महेशप्रसाद जैसी र यौनजन्य क्रियाकलापमा संलग्न २ जना नाबालिकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जैशीलाई मानव बेचबिखन तथा ओसार पसारको मुद्दा चलाइएको छ।