धनगढी। कैलालीमा नागरिकता किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कैलारी गाउँपालिका–२ रामपुर बस्ने ३२ वर्षीय रेमन्त भनिने हेमन्त भुललाई प्रहरीले पक्राउ गरेको हो ।
भुललाई इप्रका हसुलियाको टोलीले पक्राउ गरेको हो । नागरिकता किर्ते मुद्दाबमा उनलाई जिल्ला अदालत कैलालीले १४ बैशाख २०७१ मा १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
मंगलबार साँझ पक्राउ परेका भुललाई आज अदालत पेश गरिने प्रहरीले जनाएको छ ।