डडेल्धुरा। डडेल्धुराकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन्। डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी हुन्। प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लगिन लागिएको थियो।
तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताएका छन्। उनलाई अस्पताल लग्न एम्बुलेन्स त के स्टेचरसमेत नपाइएको स्थानीय भुपेन्द्र धामीले बताएका छन्। ग्रामीण क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल र स्वास्थ्य उपकरण सामाग्री नहूँदा बिरामीहरुले समस्या भोग्दै आएका छन् ।