अछाम। अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–१ को देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा अन्दाजी १५ वर्षीया अमृता साउदको मंगलवार मृत्यु भएको प्रहरीले बताएको छ।
मृतक साउद सिउँडी माध्यमिक विद्यालय चौरपाटी-१ कक्षा ८ मा अध्ययनरत थिइन्। उनी बिहान मात्रै कक्षा ८ को त्रैमासिक परीक्षा दिएर गएको विद्यालयका प्रधानाध्यापक रमेश धानुकले बताए । घटनाका बारेमा थप अनसन्धान भैरहेको प्रहरीले जनाएको छ।