धनगढी। नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमा सुदूरपश्चिम प्रदेशको बजेट समर्थन गर्न नसकिने जनाएको छ। सुदूरपश्चिम सरकारले असार १ गते ल्याएको आगामी वर्षको बजेटमाथी छलफलका क्रममा प्रदेशसभा बैठकमा उन्मुक्तिले यथास्थितिमा बजेट समर्थन गर्न नसकिने जनाएको हो।
नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले यथास्थितिमा बजेट समर्थन गर्न नसकिने भन्दै संशोधन गर्न माग गरे। उनले भने,आज बजेट माथि छलफल गर्दा र यस बजेट आउनुभन्दा पहिला निती तथा कार्यक्रम प्रदेशसभामा ल्याएका थियौँ। यस निती तथा कार्यक्रममा सुदुरपश्चिमका सम्पुर्ण माननियहरुले आ आफ्नो तर्फबाट सुझाब दिएको भएपनी यस ‘सरकारले सोचे अनुसारको बजेट ल्याउन सकेन । यो बजेट एकदमै विभेदपूर्ण बजेट छ। उनले बजेट विभेदपूर्ण रहेको समेत आरोप लगाउँदै बजेट सोचे अनूरुपको नल्याएको बताए।
यथास्थितिमा समर्थन गर्न सक्ने अवस्था छैन’ उनले भने ‘पुन संशोधनमा जाओस् भन्ने सभामुख मार्फत मुख्यमन्त्री समक्ष पुराउन चाहन्छु।’उनले आफ्नो केही क्षेत्र र मुख्यमन्त्री कमल बहादुर शाहको क्षेत्र एउटै पालिका भित्र रहेको भन्दै त्यहाँ बजेटमा चरम विभेद भएको बताए । उनले बजेटका शीर्षकहरू समेत संशोधन गर्न आवश्यक रहेको टिप्पणी गरे।
उनले भने, ‘भजनीमा सबै भन्दा धेरै चैते धान हुन्छ बजेटमा कैलाली गाउँपालिकामा भनिएको छ त्यस्तो बिषय संशोधन गर्नुपर्छ ।’ जोशीपुर, भजनीका थुप्रै समस्या बताउँदा पनि सरकारले सम्बोधन नगरेको उनको गुनासो थियो । डल्फिन संरक्षणका लागि बजेट विनियोजन नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । चौधरीले संशोधन नहुँदा सम्म यथास्थितिमा बजेट पारित गर्न नसकिने बताएका हुन् ।