धनगढी। कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–६ को काट्याखोलामा वृद्ध मृत भेटिएको प्रहरीले बताएको छ।
काट्याखोलामा मृत भेटिनेमा बर्दगोरीया गाउँपालिका-४ नौनियाका ६५ बर्षिय फुलराम डगौरा मृत फेला परेको प्रहरीले जनाएको छ। उनी सोमवार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।