धनगढी। कैलालीमा एक युवती घरभित्र मृत अवस्थामा फेला परेकी छन्। कैलालीको जोशीपुर गाउँपालिका–५ की २८ वर्षीया निर्मलाकुमारी बम मृत अवस्थामा फेला परेकी ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
कैलालीको चुरे गाउँपालिका–४ जाजरीमा आफ्नै भिनाजु वीरबहादुर चन्दको घरमा बस्दै आएकी उनको मानसिक सन्तुलन ठिक थिएन। ईलाका प्रहरी कार्यालय मालाखेतीले निर्मला चन्दको घरभित्र मृत अवस्थामा फेला परेको जनाएको छ।
उनी हिजो ६ बजे कोठाभित्रै मृत फेला परेकी हुन्। निर्मलाको शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । मृत्युको कारण भने खुल्न नसकेको र घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।