धनगढी। कैलालीको गोदावरीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडस्थीत एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
गोदावरी २ महेन्द्रनगर रोडका ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद २७ हजार ६ सय रूपैयाँ र १ बुक ताससहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली खटिएको थियो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।