धनगढी। कैलालीको अत्तरिया बसपार्कबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ बसपार्क (अत्तरिया) बाट १९० मिलीग्राम लागुऔषधसहित सोही ठाँउका २१ वर्षीय पारस वली पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित उनलाई आज दिउँसो पक्राउ गरेको हो। पक्राउ परेका वलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।