धनगढी : रोटरी क्लव धनगढीको अध्यक्षमा प्रकाशचन्द्र भट्ट चयन भएका छन् । क्लवका संस्थापक अध्यक्ष समेत रहेका भट्ट बर्ष २०२४ का लागी अध्यक्षमा चयन भएका हुन् ।
सन २०१३ सालमा स्थापना भएको रोटरी क्लव अफ धनगढीको संस्थापक अध्यक्ष भएर काम गरेका भट्ट क्लवको ११ औँ अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् । संस्थापक अध्यक्ष भएर काम गरिसकेका भट्टले सबैको आग्रहपछि फेरी अध्यक्षमा दोहोरिएको बताए । भट्टको कार्यकाल जुलाई १ बाट डिसेम्बरसम्म १ बर्षको रहने छ ।
रोटरी क्लव अफ धनगढीले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य, द्वन्द पिडित, पर्यावरण, महिला तथा बालवालिका तथा आर्थिक क्षेत्रमा समेत काम गरिरहेको छ । रोटरी क्लवमा बसेर लामो अनुभव बटुलिसकेका भट्टलाई अध्यक्षमा चयन गरेसंगै क्लव सामाजिक कार्यमा थप सशक्त बन्ने अपेक्षा लिइएको छ ।