अत्तरिया। कैलालीको अत्तरिया उधोग बाणिज्य संघको मतदान सम्पन्न भएको छ। अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि आज बिहान ८ बजे देखि दुर्गालक्ष्मी नमुना बिधालय अत्तरियाको भबनमा शुरु भएको मतदान मतदान सम्पन्न भएको हो।
कुल १५ सय ६३ मतदाता रहेकोमा १३ सय १ जनाले मतदान गरेको निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन। अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मतदान भएको छ। आगामी २ बर्षको लागि नेतृत्व चयन गर्ने छ।
संघको नयाँ कार्यसमितिको अध्यक्षका लागि ३ जना र उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष(वस्तुगत), महासचिव, कोषाध्यक्ष, सचिवका लागि २/२ जनाले उम्मेदवारी दिएका छन। त्यस्तै संघको ४ जना सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। संघको अध्यक्षको लागि कल्याण सिँ बोहरा, कबिराज भट्ट र मिना देउबा प्रतिस्पर्धा गर्दैछन् ।