धनगढी। धनगढीका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएका छन्। प्रहरीले उक्त भन्सार छलीका सामानसहित एक जनालाई पनी पक्राउ गरेको जनाएको छ।
धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट भन्सार छलीका करिब १५ हजार ४३५ रुपैयाँ बराबरका चिनी, कुर्ती, धोती, साडी लगायतका सामान शुक्रवार साँझ बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै धनगढी ३ को शहिदगेट नजिकबाट भन्सार छलीका करिब एक लाख २० हजार मुल्य बराबरका टाउजर, टि–सर्ट, जुत्तासहित घोडाघोडी नगरपालिका–१ का २७ वर्षीय प्रेम शाहीलाई शुक्रवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। सामानसहित पक्राउ परेका शाहीमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।