अत्तरिया। अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि बिहान ८ बजे देखि नै मतदान सुरु भएको छ । उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि पाँच बर्षपछि भएको मतदानको कार्य जारी रहेको छ। अहिले शान्तीपुर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन ।
मतदान दुर्गालक्ष्मी नमुना माविको प्राङ्गणमा भइरहेको छ । ११ पदका लागि हुने निर्वाचनका लागि २३ जनाले उम्मेदवारी दिएका छन । संघको नयाँ कार्यसमितिको अध्यक्षका लागि ३ जना र उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष(वस्तुगत), महासचिव, कोषाध्यक्ष, सचिवका लागि २/२ जनाले उम्मेदवारी दिएका छन । त्यस्तै संघको ४ जना सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्षमा कल्याण सिह बोहरा, मिना देउवाले प्यानल सहित चुनावी मैदानमा छन भने कवि राज भट्टले एकल रुपमा अध्यक्षमा उम्मेदवारी दिएका छन । अध्यक्षका उम्मेदवार बोहरा र भट्ट हालको समितिमा उपाध्यक्ष हुन भने देउवा सदस्य रहेकी छिन। बोहरा प्यानलबाट उपाध्यक्षमा यज्ञ राज जोशी (उद्योग) उपाध्यक्षमा देव राज भट्ट (बाणिज्य) र चेतराज पन्त (बस्तुगत), महासचिबमा संकर खड्का, सचिबमा दिलिप कुमार साउद, कोषाध्यक्षमा हेम राज भण्डारी, सदस्यहरुमा रमेश भट्टराई, ज्ञानेन्द्र खड्का, मनोज सदासकर, बम बहादुर बोगटीले उम्मेदवार रहेका छन ।
त्यस्तै देउवा प्यानलबाट उपाध्यक्षमा (उद्योग) दलबहादुर खड्का, फागुराम चौधरी(बाणिज्य) र लक्ष्मण धामी (बस्तुगत), महासचिवमा अर्जुन खडका, सचिवमा हर्क विक, कोषाध्यक्षमा दिपकराज भट्ट, सदस्यहरुमा दिलबहादुर शाहु, बालकृष्ण ओझा, भरत बहादुर कोली र नवीन साउँदले उम्मेदवार रहेका छन । अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा १ हजार ५६३ जना मतदाता छन ।