धनगढी। गेटा अस्पताल सञ्चालनकालागी माग गरिएको १ सय ४१ जनाको दरबन्दी स्वीकृत गरिएको छ। एक सय शैय्याको गेटा अस्पताल सञ्चालनकालागी आज शुक्रबार बसेको मन्त्री परिषदको बैठकले १४१ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो।
गेटा अस्पतालका निर्देशक हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डा. प्रमोद जोशीले शुक्रबार बस्ने भनिएको मन्त्री परिषदको बैठकमा अस्पताल सञ्चालनका लागि एक सय ४१ जनाको दरबन्दी स्वीकृतिको प्रस्ताव पेश गरेका थिए।
सेवा सञ्चालनका लागि बिशेषज्ञ चिकित्सक ५ जना, मेडिकल अफिसर १२ देखि २० जना, नर्सिङ स्टाफ ४०, पारामेडिक्स २५, लेखा प्रमुख १ र प्रशासन प्रमुख एक समेत समेत गरी बिभिन्न पदमा गरी एक सय ४१ जनाको दरबन्दी र आवश्यक उपकरणहरु माग गरेका थिए।उनले आज बसेको मन्त्री परिषदको बैठकद्वारा गेटा अस्पताल संचालनका लागि आवश्यक कर्मचारीहरुको दरबन्दी स्वीकृत भएको बताए।
दरबन्दी स्वीकृत भए पश्चात गेटा अस्पतालमा बहिरंग सेवा सञ्चालनका लागि चाँडो नै ओपीडी सेवा शुरु गर्ने डाक्टर जोशीको भनाई छ। डाक्टर जोशीले अनुसार साउन महिनामा ओपिडी सञ्चालन गर्न आवश्यक पर्ने आधारभूत उपकरणहरु समेत माग गरिएको र असार भित्र माग गरे बमोजिमका उपकरणहरु पठाउने तयारीमा स्वाथ्य बिभाग रहेको समेत जानकारी दिएका छन्।