धनगढी। बिहीबार बिहान आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय तोयनाथ ओझाले ‘सुसाइड गरेको कोठामै सुसाइड नोट भेटिएको छ ।
सो नोटमा ओझाले आफ्ना बुवाआमालाई दुःख दिए भन्दै क्षमा मागेका छन् भने प्रेमिकालाई समेत सम्बोधन गर्दै माफी मागेका छन् । प्रहरी स्रोतका अनुसार ‘बुवा र आमा हजुुर तपाईहरुलाई धेरै दुःख दिए क्षमा चाहान्छु । मेरोबारे चिन्ता नलिनुहोला राम्रोसँग बस्नुहोला, ओझाले ‘सुसाइड नोट’मा लेखेका छन्।,’
सोही नोटमा प्रेमिकालाई सम्बोधन गर्दै ओझाले लेखेका छन्, ‘तिमीलाई धेरै माया गर्थे अब एक्लै रहने भयौँ है सरी।’ ओझा बिहीबार बिहान आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुलदीप चन्दले ओझाको कोठामा भेटिएको ‘सुसाइड नोट’ बारे अध्ययन भइरहेको बताए । उनको मृत्युबारे समेत थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।