धनगढी। कैलालीको लम्कीचुहाबाट लागुऔषध(खैरो हिरोईन)सहित ४ जना पक्राउ परेका छन्। बिहीबार राती ११:४० बजे कैलाली लम्कीचुहा नगरपालिका वडा न. १ तिल्केनी स्थित सडकबाट लागुऔषध (खैरो हिरोईन)सहित आकाश चौधरी, प्रितम सोप, बिमल शाही र प्रोसेश सोप गरी ४ जना पक्राउ परेका हुन्।
उक्त स्थानमा लागुऔषध (खैरो हिरोईन) बेच बिखन तथा सेवन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक शंकर खड्का सहितको प्रहरी टोलीले शंकास्पद तवरले हिँडडुल गरीरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको शरीर चेकजाँचका क्रममा बिमल शाहीको पाइन्टको दाहिने खल्तीमा लुकाई राखेको १६ थान लागु औषध पोका बरामद गरिएको हो । १ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थसहित उनीहरु चारै जनालाई पक्राउ कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।