धनगढी। विपद् जोखीम न्युनिकरणमा बीमा कम्पनीहरुको भुमिकाकाबारे छलफल तथा अन्तरक्रिया गरिएको छ । बिहीबार नेपाल बिमा प्राधिकरण सुदुरपश्चिम प्रदेशको आयोजना तथा सुपर परियोजना अन्तरगत यूएनडीपी, युरोपीयन युनियन,युनीसेफ, यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा उक्त छलफल गरिएको हो।
विपद् पुर्व तयारीका बेला र विपदपछि सुदुरपश्चिम प्रदेश अन्तरगतका बीमा कम्पनीहरुले नागरिकलाई सुरक्षा प्रदान गर्न र जिवन बिमा सम्बन्धी धारणा राखेका थिए । साथै कुनै पनी विपद जन्य घटना वा प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट मानिसको अकालमा मृत्यु हुनसक्ने भएकाले जिवन बिमा आवश्यक रहेको बताएका थिए।
यस्बाट मानिसको जिबनमा धेरै जोखिमबाट बच्न मदत मिल्नुका साथै विपदको क्षतीपछि बीमा कम्पनीले उसको इच्छाइएको ब्यक्तिलाई बीमांक रकम र बोनस प्रदान गर्ने गर्दछ । आगलागी, भुकम्प, बाढीपहिरो, चट्याङ्ग लगायत प्राकृतिक विपदबाट मानिस, घर, कृर्षि तथा पशुपन्छीको क्षती हुन जान्छ । त्यस कारण बिपदको पुर्व तयारीमा पनी बीमा आवश्यक रहेको सहभागीको भनाई थियो ।
कार्यक्रमको अध्यक्षता बिमा प्राधिकरणका निर्देशक दिपक ज्ञवाली,लाईफ इन्सुरेन्स कम्पनीका प्रदेश प्रमुख, शाखा प्रमुख,नेपाल बिमक संघ, निर्जीवन समुहबाट अध्यक्ष सुनल कमाुर श्रेष्ठ, नेपाल जिवन बिमक संघका अध्यक्ष लोकराज जोशीको उपस्थीति रहेको थियो । यस्तै नेशनल लाईफ इन्सुरेन्स कम्पनीका उमाकान्त जोशीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा उदेश्य माथी प्रकाश तथा प्रस्तुतीकरण शहरी विपल तथा भुकम्पीय पुर्वतयारी परियोजना सुपर कार्यक्रमकी संयोजक प्रगती भट्टराईले गरेकी थिइन् ।
यस्तै कार्यक्रममा बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधी, सल्लाहारकार सदस्य, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधी दिर्घराज जोशी, यूएनडिपी सुपर परियोजना कार्यक्रम संयोजक प्रगती भट्टराई, सुचना ब्यवस्थापन अधिकृत आशिष शर्मा, परामर्शदाता दिवस दाहाल, नेपाल रेडक्रस सोसाईटी कैलालीका गौरीलाल बुढाथोकी, बिकास नेपाली, रक्षा सिँह लगायत सुपरपरियोजनाको समुहको उपस्थीती रहेको थियो ।