कञ्चनपुर। कञ्चनपुरको ब्रम्हदेवमा १०२ सिसी फेनारगनसहित बेदकोटका दुई जना पक्राउ परेका छन्।
कञ्चनपुर प्रहरीले बिहीबार साँझ भीमदत्त ९ ब्रहमदेवबाट बेदकोट नगरपालिका–१० नयाँगाउँका २७ वर्षीय हरेन्द्र धामी र बेदकोट–७ सुडाका २१ वर्षीय नविन डगौंरालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट १ सय २ सिसी फेनारगन नामक अबैध लागुऔषध वरामद गरेको छ।ईलाका प्रहरी कार्यालय ब्रहमदेव कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा दुबैजनाको साथबाट उक्त पदार्थ फेला पारी निजहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ।