डडेल्धुरा। डडेल्धुरामा बालयौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेका छन्। डडेल्धुराको आलितालबाट बाल यौन दुर्व्ययहार गरेको आरोपमा विक्रमबहादुर विष्ट पक्राउ परेको प्रहरीले बताएको छ।
डडेल्धुरा प्रहरीका अनुसार आलिताल गाँउपालिका वडा नम्बर ६ रन्तोलाका २६ वर्षिय विष्टलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। विवाहित पुरुषसमेत रहेका उनले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । बुधवार अपरान्न बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै आफन्तले प्रहरीमा निवेदन दिएका थिए। सो घटनाका बारेमा थप अनुसन्धान भैहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।