अत्तरिया। सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अगाडि वैदिक मन्त्रसहित होम गरिएको छ ।सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल स्थापनार्थ संघर्ष समितिद्धारा दबाबमुलक कार्यक्रम अन्तरगत आज बिहिबार बिहान होम गरिएको हो ।
संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो)ले मेडिकल विश्वविद्यालयको विधेयक पास गरी यथाशीघ्र छ सय शैय्याको अस्पताल संचालनका लागि दबाब दिन वैदिक मन्त्रसहित होम गरिएको बताए । पाण्डेले विश्वविद्यालयको मुल गेट अगाडि ब्राह्मण मन्त्र सहितको होम गरिएको बताए।
सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर एक सय शैय्याको अस्पताल चलाउने बताएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको हो। एक महिना देखि संघर्ष समिति निरन्तर दववामुलक आन्दोलनमा रहेको छ। होम कार्यक्रममा कर्ताको रूपमा स्वयं आगो आफैंले स्वाह-स्वाह गरेका थिए ।उनले ६०० बेडको अस्पताल शुरु नभए सम्म संघर्षका कार्यक्रम जारी रहने बताए। सरकारले बिश्वबिद्धालय बनाउने घोषणा गरेपनि बजेट भने नछुट्याएको भन्दै स्थानीय असन्तुष्ट बनेका छन् ।