कञ्चनपुर। कञ्चनपुरमा अबैध सामान बरामद गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालीका १० सुकाशालबाट बेवारिसे अबस्थामा अबैध सामान बरामद गरिएका हुन्।
बेवारिसे अबस्थामा ९६ हजार ७ सय मुल्यका मिस्री,गाडीको फिल्टर,त्रिपाल,रसगुल्ला झोल,गाडीको हेडलाईट,गाडीका पंखा,बिस्कुट, पलाष्टिक झिल्ली,मटर दाल, पानीपुरी बरामद गरिएका हुन् । यस्तै ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालीका ५ गुलरीयास्थीत वनदेवी सामुदायिक वनबाट अबैध माछासहित मोटरसाईकल बरामद गरिएको छ। भन्सार छलिगरी ल्याइएका बैखा जातका माछासहित से ४ प ४६९ नम्बरको मोटरसाईकल गरी २ लाख ६७ हजार मुल्यका सामान बरामद गरी कारवाहीका लागी भन्सार कार्यालय गड्डा चौकी पठाईएको छ।