धनगढी। कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–७ को रामपुरका ४५ बर्षिय गणेश चौधरी बुधबार कटैनी नदीमा डुबेर बेपत्ता भएका थिए।
डुबेर बेपत्ता भएको चौधरीको शव बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए । उनकाअनुसार खेतमा रोपाई गर्न गएका चौधरी स्थानीय कटैनी नदीमा डुबेका थिए ।
स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेर बिहीबार शव भेटाएको हो। घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।