धनगढी। धनगढीको नवजीवन अस्पताल प्रा.लि.द्धारा वृक्षारोपण गरिएको छ। बुधबार अस्पतालका कर्मचारी, डाक्टरहरुको उपस्थीतीमा अस्पतालको बगैचामा वृक्षारोपण गरिएको हो ।अस्पतालको कम्पाउण्डमा रहेको बगैचामा बिभिन्न फलफुलका बोटहरु रोपिएका हुन्।
दिगो वृक्षारोपण अभ्यासहरूको आवश्यकताको बारेमा बढ्दो जागरूकताको साथै जैविक विविधता प्रवर्द्धनको लागि वृक्षारोपण गरिएको अस्पतालका सिइओ चक्र खडायतले बताए । उनले यसमा जिम्मेवार भूमि व्यवस्थापन, प्राकृतिक स्रोतहरूको संरक्षण, कृषि रसायनको प्रयोग न्यूनीकरण, जैविक विविधता प्रवर्द्धनको मुल उदेश्य रहेको जानकारी दिए ।


