धनगढी। कैलालीको टीकापुरमा भारी वर्षा भईरहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम पुर्वअनुमान महाशाखा, वर्षामापन केन्द्रका अनुसार अहिले टीकापुरमा भारी वर्षा भईरहेको हो।
टीकापुरमा भारी वर्षाको भईरहेकाले नदी तटीय क्षेत्रका मानिसलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ । सामान्यतया छ घण्टामा १२० मिलिमिटरभन्दा बढी वर्षा भए भारी वर्षा मानिन्छ । टीकापुरमा सो भन्दा वढी वर्षा भईरहेको उल्लेख छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।