कैलाली। कैलालीको गोदावरी नगरपालिका-४ बसन्तपुरकी अश्मी बोहरा मृत्यु प्रकरणमा उनकी साथी लक्ष्मी खड्का पक्राउ परेकी छिन । इलाका प्रहरी कार्यालय मालाखेतीले लक्ष्मीलाई बुधबार नेपालगंजबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले उनलाई अनुसन्धानका लागि अत्तरिया ल्याइएको बताएका छन । जेठ ९ गते अश्मी आफ्नै घरमा मृत फेला परेकी थिइन। नेपालगंगमा अध्ययनरत अश्मीको नेपालगंजमै बलात्कार भएपछि आत्महत्या गर्न पुगेकी भन्दै उनका आफन्तले लक्ष्मी र मुगुको सेरु गाउँपालिका-३ का २१ वर्षीय डिलेन्द्र शाही विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दिएका थिए।
सोही घटनामा अनुसन्धान गर्न प्रहरीले डिलेन्दलाई यसअघि नै पक्राउ गरिसकेको भएपनि लक्ष्मीलाई हिजो मात्रै पक्राउ गरेर अत्तरिया ल्याएको हो ।असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै निरन्तर आफन्त तथा युवाहरुले अत्तरियामा प्रदर्शन गरेका थिए।
अश्मी ६ महिनादेखि अलाईट टेक्निकल कलेज नेपालगंजमा नेत्र विज्ञान विषयमा अध्ययनरत थिइन । उनीमाथि सोही कलेजमा अध्ययनरत लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको आफन्तको दाबी छ।अश्मी नेपालगंंजमा रहेको भागेश्वर गल्स होस्टेलमा बस्दै आएकी थिइन । उनीमाथि सोही कलेजमा अध्ययनरत लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको खुलेको छ।