धनगढी। कैलालीको गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ होम गरिने भएको छ। दवावमुलक कार्यक्रम अन्तरगत कैलालीको गेटामा बुधबार बिहान होम गर्न लागिएको शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल संघर्ष समितिले जनाएको हो।
गेटास्थीत शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको मुल गेट अगाडि भोलि २१ गते बिहान ७ः ०० बजे ब्राह्मण मन्त्र सहितको होम गरिने संघर्ष समितिका संयोजक लोक राज पाण्डेले बताए ।संघर्ष समिति संयोजक पाण्डेले चालू सांसदमा मेडिकल विश्वविद्यालयको विधेयक पास गरी यथाशीघ्र ६०० शैय्याको अस्पताल संचालनका लागि दवाव दिन होम गर्न लागिएको बताए ।
सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल चलाउने बताएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको थियो ।चालू सांसदमा मेडिकल बिश्वबिद्यालयको बिधयक पास गरियोस र यथाशीघ्र ६०० शैय्याको अस्पताल संचालन गरियोस भन्ने माग स्वरुप सरकारलाई दवाब दिइएको उनले बताए ।