धनगढी। कैलालीकी एक महिला बेपत्ता भएकी छन्। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ बस्ने तारादेवी ओली बेपत्ता भएकी हुन् । उनी असार १८ गतेबाट सम्पर्क विहीन भएको पारिवारीक स्रोतले जनाएको छ ।
पारिवारीक स्रोतका अनुसार मसुरीया बजारबाट गोदावरी जाँदै गर्दा उनी सम्पर्कविहीन भएकी हुन् । उनलाई देखेमा नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।