कञ्चनपुर। कञ्चनपुरमा जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ आमखैयामा जिपको ठक्करबाट साइकलयात्री कृष्णपुर १ का ५९ वर्षीय अमर साउँदको मृत्यु भएको छ।
गम्भिर घाईते भएको साउदको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार बिहान साढे ९ बजे बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिएको थियो। जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय गुलरीयाले नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।