अत्तरिया। कैलालीको अत्तरियास्थीत एक पसलमा चोरी भएको छ। कैलालीको अत्तरियामा मंगलबार राती ईलाका प्रहरी कार्यालय मालाखेतीको अगाडी पट्टि नै रहेको स्थानिय यज्ञराज ओझाले सञ्चालन गरेको कलापतेश्वर किराना पसलमा चोरी भएको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपि) गणेश बरालले पसलको पछाडी पट्टि रहेको सटर खोलेर चोरले चोरी गरेको जानकारी दिए। उनले पसलको पछाडी पट्टिको सटर जाम भएको हुँनाले पसल सञ्चालकले खुलै छोड्ने हूँदा त्यो थाहा पाएकाले चोरी भएको बताए।
राती करिब १ बजेतिर चोरी भएको हो ।’ उनले सो पसलको गोदामबाट भित्र छिरेर चोरले काउन्टरमा भएको करिब ३ लाख बराबर नगद रकम चोरी गरेको बताए। काउन्टरको चाबी समेत पसलमै रहेको देखिएको उनले बताए । पसलको सिसिटीभि क्यामेरामा चोरको अनुहार देखिएको र तिब्र गतिमा खोजी कार्य भैरहेको प्रहरीले बताएको छ।