धनगढी। नेपाल प्रेस युनियन कैलाली जिल्ला अध्यक्षमा सिताराम ओझा निर्विरोध निर्वाचित भएका छन्। नेपाल प्रेस युनियन जिल्ला कार्य समिती कैलाली साखाको छैठौँ जिल्ला अधिबेशनबाट आज सर्बसम्वत रुपमा ओझा निर्विरोध निर्वाचित भएका हुन्।
यस्तै निर्विरोध निर्वाचित जिल्ला कार्य समिती कैलाली साखाको उपाध्यक्षमा खुला तर्फ सुनिल आउजी, उपाध्यक्ष महिला तर्फ अनिता चौधरी निर्वाचित भएका हुन्। यस्तै सचिबमा शंकर बोहरा सर्बसम्वत रुपमा निर्विरोध निर्वाचित भएका हुन्। कोषाध्यक्षमा गगन अयडी, सह सचिबमा रमा चन्द भएका छन्।
यस्तै खुला सदस्यहरुमा शेर बहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदम राज भट्ट, पुस्कर पौडेल, केशव सिंह धामी रहेका छन्। यस्तै महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावंद, भगवती सुनार छन् । यस्तै आदीवासी जनजाती सदस्यमा जिवन चौधरी, मधेसी सदस्यमा सौरभ राना, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक विवेक नागरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत ओम प्रकाश जोशीले जानकारी दिएका छन ।