धनगढी। कैलालीमा एक घरमा आगलागी भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ हर्दधानीका खुसीराम चौधरीको घरमा आगलागी प्रहरीले बताएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार ४० वर्षिय चौधरीको घरमा मंगलवार दिउसो बिजुलीको तार सर्ट भएर आगो लागेको थियो। उनको घरभित्र रहेको लत्ताकपडा, वाईफाई, खटिया लगायतमा क्षति भएको छ। आगलागीबाट झण्डै एक लाखका सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ। आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


