कैलाली। कैलालीको गोदावरी नगरपालिका ४ बसन्तपुरकी १८ वर्षीया अश्मी बोहराको न्यायका लागि माग गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी अश्मी जबरजस्ती करणीमा परेपछि यही असार ९ गते देहत्याग गरेकी थिइन्।
देहत्याग गरेकी अश्मीको न्यायका लागि युवाहरु सडकमा उत्रिदै न्यायका लागि माग गरिरहेका छन्। अश्मीको न्यायका लागि आफन्त र युवाहरुले अत्तरियामा प्रदर्शन गर्दै आएका छन्। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै निरन्तर आफन्त तथा युवाहरुले अत्तरियामा प्रदर्शन गरेका छन्। नेपालगञ्जमा अध्ययनरत अस्मिमाथि नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको आफन्तको आरोप छ।
प्रहरीले अस्मिको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका–३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मिका आफन्तले मंगलबार शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान बिषयमा अध्ययनरत अश्मी कलेजकै होस्टेलमा बस्दै आएकी थिइन्।
यस्तै अश्मी घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्नसंघिय संसदमा आवाज उठेको छ । नेकपा (माओवादी केन्द्र) का सांसद महेशकुमार महराले गोदावरीकी अश्मी घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले अश्मीको बलात्कार पछि उनि विच्छिप्त भएर आत्महत्या गर्न बाद्य भएकाले उक्त घटनामा संलग्न भएको भनिएका डिलेन्द्र शाहीलाई आत्महत्या दुरत्साहन मात्रै नभएर जवजस्ती करणीको मुद्धामा पनि कारवाही गर्न माग गरेका हुन।
उनले घटनामा संलग्न लक्ष्मी खड्का फरार भएकाले उनलाई पनि छिटो भन्दा छिटो पक्राउ गरी कारवाही गर्न माग गरे ।‘अहिले दोषि हिरासतमा भएपनि लक्ष्मी खड्का फरार हुँदा पीडितका परिवारले न्याय पाउने की नपाउने भनेर आशंका गरिरहेका छन’ उनले भने ‘म गृह मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । ति दोषिहरुलाई कडा भन्दा कडा कारवाही गरियोस । आत्महत्या दुरुत्साहको मुद्धा त छ नै । जवजस्ती करणीको मुद्धामा पनि अनुसन्धान गरियोस।’नेपालगंजको अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान विषयमा अध्ययनर अश्मी जेठ ११ गते सोही कलेजमा पढ्ने नेपालगंजमै रहेको लक्ष्मी खड्काको कोठामा जादाँ बलात्कृत भएको सांसद महराले बताए । उनले सो घटना पनि विच्छिप्त भएकी अश्मीले असार ९ गते आत्महत्या गरेको बताए । अश्मी नेपालगंंजमा रहेको भागेश्वर गल्स होस्टेलमा बस्दै आएकी थिइन । उनीमाथि सोही कलेजमा अध्ययनरत लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको खुलेको छ।