धनगढी। नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यो तेस्रो पटक हवाई मूल्य समायोजन गरेको हो।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज) समेत घटाएको हो । सोमबार आयाल निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो।
योसँगै प्राधिकरणले छोटो समयमा तेस्रो पटक हवाई भाडा समायोजन गरेको हो। सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै छ सय १५ रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र ६ हजार ६२५ रुपैयाँ तिर्नुपथ्र्यो भने अहिले घटेर ६ हजार १० रुपैयाँमा झरेको छ। यस्तै सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौँ–सिमराको फ्यूल सर्चाज एक सय २५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ। योसँगै हवाई भाडामा व्यापक कटौती भएको छ।
काठमाडौँबाट हुने पर्वतीय उडान(माउन्टेन फ्लाइट) को भाडा ४ सय ८५ रुपैयाँले घटेर अधिकतम भाडा ४ हजार ६ सय ६५ रुपैयाँ कायम भएको छ। काठमाडौँ–भद्रपुर रुटमा रु ४ सय २०, विराटनगरमा रु तिन सय ३५, जनकपुरका लागि रु एक सय १८, पोखराका लागि रु दुई सय २५, भरतपुरका लागि रु एक सय ५०, भैरहवाको रु दुई सय ८५, नेपालगञ्जका लागि रु चार सय ५५ र सुर्खेतका लागि रु चार सय ८५ हवाई भाडा घटेको छ।अन्य कुन ठाउमा कतिले घट्यो हवाई भाडा रु (सूचीसहित)



