अत्तरिया। कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि दुई टिम मैदानमा उत्रिएका छन् । निर्वाचन कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशित र सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको छ।
यसअघि संघको नयाँ कार्यसमितिका लागि (अध्यक्ष)मिना देउवा प्यानलको घोषणा भइसकेको छ। उक्त प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दलबहादुर खड्का, उपाध्यक्षमा फागुराम चौधरी र लक्ष्मण धामी, महासचिवमा अर्जुन खडका, सचिवमा हर्क विक, कोषाध्यक्षमा दिपकराज भट्ट रहेका छन्। यस्तै सदस्यहरुमा दिलबहादुर शाहु, बालकृष्ण ओझा, भरत बहादुर कोली र नवीन साउँद रहेका छन् । देउवा प्यानलले चुनावी प्रचारप्रसारलाई पनि अगाडी बढाइसकेको छ।
संघको नयाँ नेतृत्वको लागि अर्को प्यानलबाट हालका बरिस्ठ उपाध्यक्ष कल्याण सिँह बोहराले आफ्नो टिम घोषणा गरेका छन्। आज सोमबार पत्रकार सम्मेलन को आयोजना गर्दै उनले टिम घोषणा गरेका हुन । उनको टिममा पुरानै को बाहुल्यता रहेको छ । जसको बरिस्ठ उपाध्यक्ष मा हालका महासचिव यज्ञराज जोशीलाई राखिएको छ।उक्त टिममा उपाध्यक्ष पदमा देबराज भट्ट र चेतराज पन्त रहेका छन्। यस्तै महासचिवमा शंकर खड्का,कोषाध्यक्षमा हेमराज भन्डारी र सचिबमा दिपिन कुमार साउँदलाई राखिएको छ।
पदाधिकारीमा भन्डारी मात्रै नंया अनुहार हुन अरु सबै पुरानै कार्यसमितिमा रहेका थिए। यस्तै सदस्यमा सोही टिमबाट ज्ञानेन्द्र खडका,मनोज सदाशंकर, बम बहादुर बोगटी र रमेश भट्टराई रहेका छन्। यसअघिका निर्वाचनमा अत्तरिया उद्योग बाणिज्य संघमा कांग्रेस र एमालेका उम्मेदवार बीच प्रतिप्रर्धा हुने गरेकोमा यस पटक भने कांग्रेस कै नेताहरु २ खेमामा विभाजित भएर चुनाव लडिरहेका छन् । यसअघि २०७५ मा भएको अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा कांग्रेस प्यानलबाट असोक राज देवकोटा र एमालेको प्यानलबाट टिकाराम आचार्य चुनावी मैदानमा होमिएका थिए । देवकोटाले ४ सय ५ मत पाएर विजयी भएका थिए भने आचार्यले २ सय ३० मत पाएका थिए ।संघमा नंया नेतृत्व को लागि असार २३ गते निर्बाचन हुँदै छ। संघका १५ सय बढि मतदाता रहेका छन।