कैलाली। कैलालीको टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको प्रहरी टोलीले फरार रहेका वन मुद्दाका प्रतिवादी टीकापुर नगरपालिका वडा नम्बर-१ बिशालनगरका हर्कबहादुर सिम्सेलीलाइ आइतवार पक्राउ गरेको हो।
कैलाली जिल्ला अदालतले २०७६/०९ महिना ८ गते ११ हजार ६ सय ८० रुपैँया जरीवाना तोकेपछि सिम्सेली फरार रहेका थिए। उनलाई आवश्यक कार्वाहीको लागि कैलाली अदालतमा उपस्थित गराईएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।