धनगढी। धनगढीमा अवतरण हुन नसकेको श्री एयरलाईन्सको विमानलाई नागरिक उड्डयन प्राधिकरणले अस्थायी उडानमा रोक (प्रतिवन्ध)लगाएको छ। धनगढीको आकासबाट शनिबार फर्केको विमानमा हाइड्रोलिकको समस्या देखापरेको नागरिक प्राधिकरणले आइतबार गरेको परीक्षणले देखाएको छ। सो जहाजको मर्मत गर्नुपर्ने भएकोले उडान प्रतिवन्ध लगाइएको हो।
काठमाण्डौँबाट धनगढीकालागी उडेको फ्लाईट २२५ नम्बरको बिमान धनगढीको अकासमा पुगेर पनि अवतरण हुन सकेको थिएन् । सो विमानसँगै शनिबार नै पोखराका लागि उडेको श्रीको अर्को विमान पनि ग्राउण्डेड गरिएको छ । सो विमानमा पनि प्राविधिक समस्या देखिएपछि पोखरा अवतरण नगरी फर्काइएको थियो ।
फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमत उडानका लागि अनुमति दिएको छ ।नागरिक उड्डययन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, विभागले गरेको प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्रीका दुइटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सीआरजे गरी तीन वटा जहाज उडानयोग्य रहेको जनाउँदै विभागले उडान गर्न अनुमति दिएको हो । श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान छन् । तीमध्ये पछिल्लो समय चार वटा जहाज उडानमा थिए।
‘शनिबार धनगढीमा हाइड्रोलिकको समस्या देखापरेको र शनिबारै पोखरामा इन्जिन आयल लिक भएको गरी दुइटा जहाजको मर्मत गर्नुपर्ने भएकाले तिनलाई ग्राउडेड नै गरिएको छ, विभागका अनुसार, अहिले उडानयोग्य भएका जहाजमा सीआरजे अल्फा माइक चार्ली तथा बमबार्डियर ड्यास क्यू–४०० तर्फ अल्फा नोभेम्बर इको र अल्फा नोभेम्बर सेरामात्रै हुन् ।श्रीले सोमबार काठमाडौंबाट, पोखरा, नेपालगन्ज,भद्रपुर, भैरहवा, विराटनगर, ३१ वटा उडान तालिकामा राखेको छ । शनिबार धनगढी र पोखराका लागि काठमाडौंबाट उडेका जहाजमा प्राविधिक समस्या देखिएपछि श्रीले आइतबार सबै जहाज ग्राउडेड गर्ने निर्णय गर्दै टिकट खरिद गरीसकेका यात्रुसँग माफी मागेको थियो।